काभा महिला नेशन्स लिगमा नेपालले सोमबार माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा दोस्रो रोजाइका खेलाडी उतारेको नेपालले लिग चरणको अन्तिम खेल २५-६, २५-१९, २५-१८ ले आफ्नो पक्षमा पर्यो ।

जितसँगै चार खेलमा नौ अंक जोडेको नेपाल दोस्रो स्थानमा रह्यो । चारै खेलमा पराजित माल्दिभ्स अंकविहिन हुँदै प्रतियोगिताबाट बाहिरियो ।

यसअघि श्रीलंकालाई ३-० र भारतलाई ३-२ को सेटमा हराएको नेपाल इरानसँग ३-२ को सेटमा पराजित भएको थियो ।

नेपालले सेमिफाइनलमा इरानको सामना गर्नेछ । इरान चार खेलमा सात अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।

सोमबार नै सम्पन्न पहिलो खेलमा श्रीलंकामाथि ३-० को सेटमा जित निकाल्दै भारतले शीर्ष स्थान पक्का गरेको थियो । अर्को सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको श्रीलंका भिड्नेछन् । भारतले चार खेलमा १० र श्रीलंकाले चार अंक जोडे ।

सेमिफाइनल खेल मंगलबार हुनेछ । पहिलो सेमिफाइनल ३ बजे भारत र श्रीलंकाबीच हुनेछ भने दोस्रो सेमिफाइनल ५ः१५ मा नेपालले इरानसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *