काभा नेसन्स वुमन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेलमा दिउँसो १ बजे भारत र श्रीलंका तथा दोस्रो खेलमा अपराह्न ३ बजे नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् ।

दुवै खेलपछि मात्रै सेमिफाइलनमा कससँग कसको प्रतिस्पर्धा भन्ने टुंगो लाग्नेछ। नेपाल, भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगिसकेका छन्। माल्दिभ्स भने एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।

लिग चरणका चारै खेल खेलिसकेको इरानको सात अंक छ। त्यस्तै, तीन खेल खेलेको भारतको पनि सात अंक छ। तीन खेल खेलेको नेपालको ६ अंक छ भने श्रीलंकाको चार अंक छ। माल्दिभ्सले अंक जोड्न सकेको छैन।

अंक तालिकाको शीर्षस्थानमा रहेको र चौथो स्थानको तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *