नेपाली महिला राष्ट्रिय भलिबल टोलीले आज रुसी महिला टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।
हिजो भएको पहिलो खेलमा ३-० को सोझो सेटमा पराजित भएको नेपाल आज सुधारिएको प्रदर्शनसहित मैदान उत्रिने लक्ष्यमा छ। हिजो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा नेपालले १७-२५, १९-२५ र १५-२५ ले हार व्यहोरेको थियो।
आज हुने खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा दिउँसो ४:१५ बजे मा सुरु हुनेछ ।
काभा नेशन्स लिग महिला भलिबलको तयारीका लागि रुसी टोलीसँग मैत्रीपूर्ण खेल खेलेको नेपालको रिसिभ, ब्लक र सर्भिस कमजोर देखिएको थियो।
काभा नेशन्स लिग साउन १९ देखि काठमाडौंमा हुँदैछ। उक्त प्रतियोगितामा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्स सहभागी हुँदैछन्।
