प्रथम कोशी प्रदेशस्तरीय भारोत्तोलन प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।
कोशी खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति मोरङको संयोजकत्वमा विराटनगरमा पहिलो पटक भारोत्तोलन प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगिताको ५५ केजीमा मोरङका अजित राजवंशी, ६१ केजीमा झापाका चन्दन मुखिया, ६९केजीमा उदयपुरका रिवेश अधिकारी, ७३ केजीमा मोरङका पियुष राजवंशी, ८१ केजीमा मोरङका कपिलेश्वर राजवंशी प्रथम र ८९ केजीमा झापाका प्रशिद्धभक्त राजलवट पहिलो भए ।
प्रतियोगितामा पाँच जिल्लाको सहभागिता थियो । प्रतियोगिताको शीर्ष तीनले क्रमशः २ हजार ५०० र दोस्रोले २ हजार र तेस्रोले १ हजार ५०० रुपैयाँ प्राप्त गरे ।
विजेतालाई कोशी प्रदेश आयोजक बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले पुस्कार वितरण गरे ।
