राष्ट्रिय भलिबल टिमका स्पाइकर मानबहादुर श्रेष्ठ फेवा एजुकेसन एन्ड माइग्रेसनको ब्रान्ड एम्बासडर बनेका छन् ।

फेवा एजुकेसन एन्ड माइग्रेसनका फेवा एजुकेसनका निर्देशकद्वय योगेश श्रेष्ठ र दिनेश खनालले सिड्नी, अस्ट्रेलियास्थित आफ्नो कार्यालयमा स्वागत गर्दै मान बहादुरलाई दुई वर्षका लागि ब्रान्ड एम्बासडर घोषणा गरेका गरेका हुन् ।

सम्झौताअनुसार फेवा एजुकेसन एन्ड माइग्रेसनले त्रिभुवन आर्मी क्लबका खेलाडी मान बहादुरलाई दुईपल्ट काठमाडौं-सिड्नी आवतजावतको हवाई टिकट, भिसा शुल्क तथा खानेबस्नेलगायतका सुविधा प्रदान गर्नेछ ।

उनी मेलबर्नमा खुला पुरुष भलिबल प्रतियोगितामा सहभागि हुन दुई साताअघिमात्रै मेलबर्न पुगेका थिए ।

गोर्खा इलाइटद्वरा आयोजित उक्त प्रतियोगितामा मान बहादुरसम्मिलित गोर्खा कालिका टिम च्याम्पियन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *