कोशी प्रदेश सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिला तर्फ चौथो भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा शनिबार सम्पन्न महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा कोशीले गण्डकीलाई ३–१ को सेटमा नतिजा सुम्पिएको हो ।

कोशीले पहिलो सेट १६-२५ र दोस्रो सेट २२-१५ ले गुमायो ।तर तेस्रो सेट कोशीले २५-२० ले जितेर खेलमा पुनरागमन गर्यो । त्यसपछिको सेट १६-२५ ले हारेको कोशी प्रतियोगितामा चौथो स्थानमा चित्त बुझायो ।

सेमिफाइनलमा लुम्बिनीसँँग पराजित भएको गण्डकी कोशीलाई हराउँदै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भयो।

सेमिफाइनलमा कोशी बागमतीसँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *