बागमती प्रदेशसँग ३-० को सोझो सेटमा पराजित हुँदै कोशी प्रदेश महिला भलिबल टोली सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा शुक्रबार कोशी प्रदेश बागमती प्रदेशसँग १८-२५, ६-२५ र ९-२५ को सेटमा पराजित भयो ।
कोशी समूह ‘ए’ उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो ।
कोशीले तेस्रो स्थानका लागि गण्डकीको सामना गर्ने भएको छ । उपाधिका लागि बागमती र लुम्बिनी प्रदेश भिड्ने भएका छन् । दुवै खेल शनिबार हुनेछ ।
