काठमाडौं । न्युटन र गण्डकीले २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा  शनिबार जित हात पारेका छन् ।

भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा न्युटनले हेराल्डलाई २२–१८ ले पराजित गर्यो । न्युटनको जितमा रमनले ८ अंक योगदान गरे । सरोजको ८ अंक सहयोगमा गण्डकीले समृद्धिलाई २३–१५ ले हरायो ।

सिनियर ब्वाइजमा रेडियन्टले स्किब्सलाई ४३–४०, बीएमसीएले संस्कारलाई ३२–२५ र गोल्डेनपिकले बीएमडीएसएसलाई ३५–२८ ले पाखा लगाए । रेडियन्टका राजले १९, बीएमसीएका सवितले ८ र गोल्डेनपिकका सुशिल गिरीले १६ स्कोर गरे ।

सिनियर गर्ल्समा ह्वाइटफिल्डले वेदव्यासलाई ११–८, रिलायन्सले बाल वाटिकालाई ८–६ र टीआईएले विभूतिलाई २१–१३ ले पन्छाए । ह्वाइटफिल्डकी स्मृति राईले ७, रिलायन्सकी रेबिकाले ४ र टीआईएकी क्लारा लिम्बूले ९ अंक जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *