फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा आइभरी कोस्टलाई २–१ ले हराउँदै राउन्ड अफ १६ मा पुगेपछि नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालाण्डले ब्राजिलविरुद्धको आगामी खेल निकै कठिन हुने बताएका छन् । उनले नर्वेले ब्राजिललाई हराउने सम्भावना “निकै कम” रहेको स्वीकार गरेका छन् ।

खेलपछि सञ्चारमाध्यमसँग कुरा गर्दै हालाण्डले भने, “हामी अन्तिम १६ मा पुगेका छौँ, जहाँ विश्वका उत्कृष्ट टोलीहरू छन् । यो सजिलो हुने छैन । हामी यथार्थवादी हुनुपर्छ। जित्छौँ कि हार्छौँ भन्ने थाहा छैन, तर हामीले कडा मेहनतका साथ तयारी गरेका छौँ र चुनौतीका लागि पूर्ण रूपमा तयार छौँ।”

ब्राजिललाई नकआउट गर्ने सम्भावनाबारे सोध्दा हालाण्डले हिचकिचाउँदै, “अहँ… निकै कम छ,” भन्ने जवाफ दिए । बुधबार भएको खेलमा उनले ८६औँ मिनेटमा प्याट्रिक बर्गको पासमा निर्णायक गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाएका थिए । अब नर्वेले राउन्ड अफ १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *