काठमाडौं । काठमाडौं महानगरपालिका–२२ को आयोजनामा सम्पन्न दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिताको उपाधि डिभाइन फिटनेसका सगेन्द्र सिंहले जितेका छन् ।

राष्ट्रिय सभागृहमा सम्पन्न प्रतियोगितामा विभिन्न तौल समूहका विजेताबीच भएको ओभरअल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै सगेन्द्र मिस्टर महानगर बनेका हुन् । उनले ७५ केजीमाथि तौल समूहको उपाधिसमेत जित्दै कुल ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका विभिन्न तौल समूह तथा स्पोर्ट्स फिजिक्सतर्फ पनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । महिलातर्फ सीता खत्री र पुरुषतर्फ १७० सेमिमुनि आकाश श्रेष्ठ तथा १७० सेमिमाथि पुकार श्रेष्ठ विजेता बने ।

विजेताहरूलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल र वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *