काठमाडौं । नेपाल पौडी संघको आयोजनामा हुने नेपाल एक्वेटिक्स पौडी प्रतियोगितालाई काठमाडौं महानगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको उपस्थितिमा आयोजक संघका अध्यक्ष जगतमान श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी सामाजिक विकास विभागकी विभायीय प्रमुख समिक्षा निरौलाले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।
मुख्य प्रायोजनसंगै प्रतियोगिताको नाम नेपाल एक्वेटिक्स काठमाडौं महानगर मेयर कप पौडी प्रतियोगिता हुनेछ । तेश्रो संस्कणको प्रतियोगिता सातदोबाटो पौडी पोखरीमा जेठ २३ देखि २४ गतेसम्म हुनेछ ।
विभिन्न ३७ स्पर्धा समावेश प्रतियोगितामा ३ सय खेलाडीको सहभागिता रहने आयोजक संघका सचिव गंगालाल गोलेले जनाएका छन् ।
प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
