प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ कोशी प्रदेशले लगातार पाँचौं खेल हारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार कोशी सुदूरपश्चिम प्रदेशसँग ३-१ को सेटमा पराजित भएको हो।

पहिलो सेट २५-१९ ले जितेको कोशीले त्यसपछिका तीन सेट २१-२५,२२-२५ र १६-२५ ले गुमायो ।

पाँचौं खेलमा पराजित कोशी अंकविहिन छ । कोशीले यसअघि आर्मी, हेल्प नेपाल, गण्डकी र पुलिसँगको खेल समान ३-० को सोझो सेटमा गुमाएको थियो ।

जितसँगै सुदूरपश्चिमले पाँच खेलमा तीन अंक जोडेको छ । यसअघि सुदूरपश्चिमले पुलिस, गण्डकी, हेल्प नेपाल र आर्मीसँग समान ३-० को सेटमा हार ब्यहोरेको थियो ।

यसैगरी बुधबार नै सम्पन्न महिलातर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३-० तथा आर्मीले न्यु डायमन्डलाई ३-२ को सेटमा पराजित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *