रग्बीका प्रेम उज्वेकिस्तान जाने

२०८३, ३० बैशाख बुधबार २०:५७

काठमाडौं । रग्बी रेफ्री प्रेमबहादुर कोइरालाले सेन्ट्रल एन्ड साउथ एसिया (कासा) रग्बी सेभेन्स प्रतियोगितामा मुख्य रेफ्रीका रुपमा सहभागी हुन बिहीबार उज्वेकिस्तानको तास्केन्त प्रस्थान गर्ने भएका छन् । प्रतियोगिता मे १७ देखि १८ तारिखसम्म हुनेछ।

उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेपका पूर्व सदस्य सन्तकुमार मेहता र नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे।

केही दिन अघि एसिया रग्बी डेभलोप्मेन्ट प्यानलमा परेपछि प्रेम मुख्य रेफ्रीमा मनोनित भएका थिए । नेपालबाट रग्बीको मुख्य रेफ्रीमा मनोनित हुने प्रेम पहिलो भएको महासचिव घिमिरेले जनाएका छन् । यसअघि उनी सहायक रेफ्री थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *