काठमाडौं । नेपाल ओलम्पिक कमिटीले फागुन ३० गते शनिबार काठमाडौंमा एसियन गेम्स फन रन आयोजना गर्ने भएको छ ।

ओलम्पिक कमिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जापानमा हुने एसियाली खेलकुद (एसियाड) को प्रचारप्रसार र खेल भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले एसियन गेम्स फन रन आयोजना गर्न लागेको जनाएको हो ।

सातदोबाटोस्थित ओलम्पिक कमिटीको कार्यालयबाट सुरु हुने एसियन गेम्स फन रन ललितपुरको विभिन्न स्थान हुँदै पाटन डबलीमा पुगेर समापन हुने बताइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियाडको सफलताको कामना र नेपाली टोलीको उत्साह बढाउन एसियन गेम्स फन रन आयोजना गर्न लागिएको बताए ।

एसियाड सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा आयोजना हुँदैछ । २० औँ एसियाली खेलकुदमा सहभागिताका लागि एनओसीमार्फत् ३२ खेल दर्ता भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *