नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् ।
अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगितामा नन्दाले महिला ५० वर्षमुनि फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा स्वर्ण जितिन् ।
नन्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी समितिकी सदस्य हुन् ।
