विभागीय टोली एपीएफ क्लब एन्फा वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा एपीएफले संकटा फुटबल क्लबलाई ३–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

एपीएफको जितमा रश्मी कुमारी घिसिङ, कप्तान अनिता केसी र गीता रानाले समान एक–एक गोल गरे । पहिलो हाफमै रश्मी र अनिताको गोलमार्फत २–० को सुदृढ अग्रता बनाएको एपीएफले दोस्रो हाफमा गीता रानाको गोलसँगै जित पक्का गर्‍यो ।

सुरुदेखि नै आक्रामक देखिएको एपीएफले खेलभर दबाब बनाउँदै संकटालाई अवसर सिर्जना गर्नै नदिई उत्कृष्ट प्रदर्शन गर्‍यो ।

अब शनिबार हुने फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *