विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सिध्दार्थ सेकेन्डरी स्कुलले स्पोर्टस मिट २०८२ सम्पन्न गरेको छ । सप्ताहव्यापी संचालन भएको स्पोर्टस मिटको आज अन्तिमदिन विद्यार्थी तथा अभिभावकहरुका विच विभिन्न खेलहरु संचालन भएका थिए ।
विद्यालयले आईतबार विद्यालयमा अध्ययनरत २४ सय भन्दा धेरै विद्यार्थीहरुको सहभागितामा स्पोर्टस मिटको उद्घाटन गरेको थियो । विद्यालयले हरेक बर्ष विद्यार्थीहरुलाई खेलकुदमा सहभागि गराएर राष्ट्रिय खेलाडि उत्पादनका लागि स्पोर्टस मिटको आयोजना गर्दै आईरहेको छ ।
स्पोर्टस मिटमा दौड, फुटवल, भलिवल, टेवलटेनिस, तेक्वान्दो, क्रिकेट, टिटि तथा अभिभावकहरुका विभिन्न खेलहरु समावेश गरेको थियो । सप्ताह ब्यापी स्पोर्टस मिटमा उत्कृष्ट हुने विद्यार्थी तथा अभिभावकहरुलाई अभिभावक दिवसको अवसर पारेर पुरस्कृत गरिने विद्यालयले बताएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखी कक्षा १२ सम्मका विद्यार्थीहरु तथा विद्यार्थीहरुका अभिभावकहरुको सहभागिता रहेको थियो । उद्घाटन सत्रमा बोल्दै प्रिन्सिपल अर्जुन बस्नेतले विद्यार्थीहरुलाई कितावी ज्ञानसंगै खेलकुदमा समेत अग्रसर गराउन स्पोर्टस मिटको आयोजना गरिएको बताएका थिए ।
