विराटनगर । मोरङको सुन्दरहरैँचा १० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलले स्पोर्टस मिट २०८२ शुरु गरेको छ । आज एक कार्यक्रमकाबीच सुन्दरहरैँचा नगर प्रमुख केदार प्रसाद गुरागाईले स्पोर्टस मिट २०८२ को उद्घाटन गरेका थिए ।

स्पोर्टस मिट उद्घाटन सत्रमा विद्यार्थीहरुले नगर परिक्रमा गरि विभिन्न गितहरुमा नृत्य समेत प्रस्तुत गरेका थिए ।

विद्यालयमा अध्ययनरत २४ सय भन्दा धेरै विद्यार्थीहरुको सहभागितामा स्पोर्टस मिटको उद्घाटन गरिएको थियो । विद्यालयले हरेक बर्ष विद्यार्थीहरुलाई खेलकुदमा सहभागि गराएर राष्ट्रिय खेलाडि उत्पादनका लागि स्पोर्टस मिटको आयोजना गर्दै आईरहेको छ ।

स्पोर्टस मिटमा दौड, फुटवल, भलिवल, टेवलटेनिस, तेक्वान्दो, क्रिकेट, टिटि लगायतका खेलहरु समावेस गरिएको र अभिभावकहरुलाई समेत खेलकुदमा सहभागि गराईएको स्कुलले बताएको छ । सप्ताह ब्यापी चल्ने स्पोर्टस मिटमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिने भएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखी कक्षा १२ सम्मका विद्यार्थीहरुको सहभागिता हुने छ । उद्घाटन सत्रमा बोल्दै प्रिन्सिपल अर्जुन बस्नेतले विद्यार्थीहरुलाई कितावी ज्ञानसंगै खेलकुदमा समेत अग्रसर गराउन स्पोर्टस मिटको आयोजना गरिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *