विराटनगर । विराटनगर-१ स्थित डनबस्को स्कुलले विभिन्न खेलकुदका विद्यामा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कुलले आज आयोजित सम्मान कार्यक्रमका विच विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
विराटनगर महानगरको आयोजनामा भएको मेयर कप फुटवल खेलमा फस्ट रनरअप हुन सफल विद्यार्थीहरुलाई कार्यक्रमको आयोजना गरि सम्मान गरिएको थियो । साथै स्कुलमा आयोजना गरिएको स्पोर्टस मिट २०८२ का प्रथम, दोस्रो र तेस्रोहुने विद्यार्थीहरुलाई समेत स्कुलले प्रमाणपत्र मेडल र नगद सहित सम्मान गरेको छ ।
सम्मान कार्यक्रमकै अवसरमा विराटनगर ९ मा अवस्थित ग्रिनल्याण्ड कलेजले डनबस्को स्कुलका विद्यार्थीहरुलाई खेलकुदको जर्सि समेत वितरण गरेको थियो ।
साथै पोखरिया युथ केयर एकेडेमीको आयोजनामा भएको चित्रकला र सडक दौड प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनी विद्यालयले सम्मान गरेको छ । युथ केयर एकेडेमीको आयोजनामा भएको चित्रकला र सडक दौड प्रतियोगितामा डनबस्को स्कुलका विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गरि विभिन्न विद्यामा अवार्ड हाँसिल गरेका थिए ।
डनबस्को स्कुलले हरेक बर्ष विराटनगर तथा मोरङमा भएका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आईरहेको छ । कार्यक्रममा वडा न १ का अध्यक्ष काजी बहादुर बस्नेत, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, ग्रिनल्याण्ड कलेजका प्रिन्सिपल दिनेश दाहाल,प्रिन्सिपल अमिरथ राज लगायतले विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।
