पोखरा । थकाली युवा परिवार नदिपुरको आयोजनामा थकाली युवा फुटसल कप शुक्रबारदेखि पोखरामा हुने भएको छ । दुई दिनसम्म पोखरा मल्टी–पर्पोज हल रंगशालामा सञ्चालन हुने प्रतियोगितामा पुरुष र महिला दुवै तर्फका टिमहरूको सहभागिता रहनेछ ।

प्रतियोगितामा पुरुषतर्फ १२ टिम तथा महिलातर्फ ३ टिम सहभागी हुने आयोजकले जनाएको छ । पोखरासहित काठमाडौं, बुटवल, बेनी, दर्बाङ र मुस्ताङ जिल्लाको थसाङ क्षेत्रका टिमहरूको सहभागिता रहनेछ ।

खेलहरू लिग तथा नकआउट प्रणालीमा सञ्चालन गरिने छन् । पुरुषतर्फ विजेताले १ लाख १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछ । महिलातर्फ विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलकिपरलाई समान ५–५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले शुक्रबार बिहान ९ बजे गर्ने कार्यक्रम रहेको थकाली युवा परिवारका अध्यक्ष ई अनुज शेरचनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *