विश्व नम्बर एक सर्वियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ दोस्रो चरण प्रवेश गरेका छन् ।
साविक विजेता जोकोभिचले मंगलबार फ्रेन्च खेलाडी पियरे- ह्युग्स हर्बर्टविरुद्ध ३-०को सोझो सेटमा जित निकाले ।
फिलिपे क्याट्रियर कोर्टमा जोकोभिचले खेल ६-४, ७-६ (७-३), ६-४ ले आफ्नो पक्षमा पारे ।
यसैगरी महिला एकतर्फ बेलारुसकी आर्यना साबालेन्कालेपनि दोस्रो चरणको यात्रा तय गरिन् ।
उनले रुसीकी एरिका एन्डरिभाविरुद्ध ६-१, ६-२ को सोझो सेटमा जित निकालिन् ।
