१४ पटकका च्याम्पियन स्पेनिस टेनिस स्टार राफेल नाडाल फ्रेन्च ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन्।
गएराति भएको खेलमा उनी चौंथो वरीयताका जर्मन खेलाडी अलेक्जेन्डर ज्वेरेभसँग सोझो सेटमा पराजित भए। नाडालले ६-३, ७-६ र ६-३ को हार ब्यहोरे।
नाडाल पेरिसमा पहिलो चरणमै पराजित भएको पनि यो पहिलो पटक हो। श्रृंखलाबद्ध चोटको समस्याबाट गुज्रिरहेका नाडालले यो वर्ष चार प्रतियोगिता मात्रै खेलेका छन्। नाडालको करिअरको अन्तिम फ्रेन्च ओपन मानिएको छ। नाडालको खेल हेर्न ठूलो मात्रामा उपस्थित समर्थकले उनलाई ‘स्ट्यान्डिङ ओभिएसन’ प्रदान गरेका थिए।
यसअघि २०२२ मा यि दुईबीच सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा ज्वेरेभले इन्जुरीका कारण बीचमा नै खेल त्याग्न बाध्य भएका थिए।
