आयोजक एलए विजयी

२०८२, १५ मंसिर आईतवार १८:५०

काठमाडौं । आयोजक लिटिल एन्जल्स कलेज एलए स्पोर्टस मिटमा विजयी भएको छ । मिटमा फुटबल र बास्केटलका प्रतियोगिता भइरहेको छ ।

छात्र फुटबलमा एलएले भानुभक्तलाई ६-०, लोयल्टीले बज्रबहारीलाईलाई ५-१ तथा डिएभीले क्याम्पियनलाई ३-० ले पराजित गरे ।

बास्केटबलमा एलएले जेभियर एकेडेमीलाई ४६-३५, आइएमएसले जेभियर एकेडेमीलाई १६७, क्याम्पियनले आईएमएसलाई ३२-१५ तथा मनासलुले ओमेगालाई ४३-३५ ले हराए ।

प्रतियोगिताको आयोजक कलेजका प्रिन्सिपल कृष्ण अवस्थीले एक कार्यक्रमबीच उद्घाटन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *