साउदी क्लब अल नासर एएफसी कपको नकआउट चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको समूह ‘डी’ को खेलमा ताजकिस्तानको क्लब एफसी इस्तिकलोललाई ४-० ले पराजित गर्दै अल नासरले एक खेल अगावै नकआउट चरणमा स्थान पक्का गरेको हो ।
अल नासरलाई जित दिलाउन जोआओ फेलिक्सले १२औं, मोहमद सिमाकानले ४०औं, साडियो माने ८४औं र आयम्यान याहयाले इन्जुरी टाइममा गोल गरे । अल नासर नियमित कप्तान क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रिएको थियो ।
लगातार पाँचौं जितपछि अल नासरले अपराजित यात्रा कयामै राख्दै १५ अंक जोडेर शीर्ष स्थानमा छ । इस्तिकलोल ५ खेलमा ५ अंकका साथ तेस्रो स्थानमा छ ।
