नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ए साईड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्वल प्रथम भएको छ ।

फाईनल प्रतिष्पर्दामा सुदुर पश्चिम प्रदेशलाई २-० गोल अन्तरले पराजित गरि नेपाल आर्मी प्रथम भएको हो । सेमिफाईनमा आर्मीले कोशी प्रदेशलाई ६-० र सुदुर पश्चिमले गण्डकीलाई २-१ गोल अन्तरले पराजित गरि फाईनल पुगेका थिए ।

नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताको भक्तपुर थिमी स्थित मिडभ्याली कलेजको हलमा एक कार्यक्रम वीच राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुब आचार्यले उद्घाटन गर्नु भएको थियो भने विजेता खेलाडी तथा टिमलाई सदस्य सचिव टंकलाल घिसिङले पुरस्कार प्रदान गर्नु भएको थियो ।

प्रथम हुने टिमले ५० हजार र द्धितीय हुने टिमले २५ हजार नगद पुरस्कार प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद्‌की कार्यकारी सदस्य तथा नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतियोगितामा आठ गोल गर्न सफल सुदुर पश्चिम प्रदेशकी आशीका एस के वेष्ट स्कोरर हुदाँ प्लेयर अफ दि टुर्नामेन्टमा नेपाल आर्मीकी सरस्वती तामाङ भएकी छन् ।

यस्तै बेष्ट डिफेन्डरमा सुदुर पश्चिम प्रदेशकी पूर्णिमा नेगी भईन भने नेपाल आर्मीकी कुश्मा रानामगर बेष्ट गोल्डकिपर हुँदा बागमती प्रदेशकी सपना तामाङ उदयमान खेलाडी घोषित भएकी छन् । विधागत उत्कृष्ट भएका खेलाडीहरुलाई ट्रफी प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *