मोरङको बुढीगंगा गाउँपालिकामा हुने अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने भएको छ ।

आयोजक बुढीगंगा गाँउ युवा परिषद्ले बिहिवार विराटनगरमा एक पत्रकार सम्म्लेन गर्दै प्रतियोगिता असार १३ देखि २१ गतेसम्म हुने घोषणा गरेको हो ।

तिन युग तिन नेतृत्व, विगत र वर्तमान स्थानीय नेतृत्वकोे सम्मान’ भन्ने नारा सहित बुढीगंगाको दुई स्थानमा प्रतियोगिता आयोजना गर्न लागिएको बुढीगंगा गाँउ युवा परिषद्का अध्यक्ष पुजेश कोईरालाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा बुढीगंगा गाउँपालिकाका सातवटै वडासहित बुढीगंगा स्कुल टिम गरी कुल आठ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिता नकआउट आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन खेल वडा नम्बर ३ र वडा नम्बर ६ बीच हुनेछ ।

प्रतियोगिताको पहिलो चरणका खेलहरु बुढीगंगा–६ स्थित सुक्चौर खेल मैदानमा हुनेछन् । यस्तै, सेमिफाइनल चरणका खेलहरू बुढीगंगा–५ स्थित कर्मबिर माध्यमिक विद्यालयको खेल मैदानमा हुने आयोजकले जानकारी दिएको छ । फाइनल खेल सुक्चौर खेल मैदानमा असार २१ गते शनिबार हुनेछ ।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

प्रत्येक खेलको म्यान अफ द म्याच लाई नगद १५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता अवधीभरी उत्कृष्ट गोल गर्ने खेलाडीलाई नगद २५ सय रुपैयाँ साथै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ बाट पुरस्कृत गरिने भएको छ ।

१२ लाख रुपैयाँ खर्चमा आयोजना हुने प्रतियोगिताको उद्घाटन बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *