भुपेन्द्र निरौलाको सभापतित्वमा सम्पन्न झापा बुद्धिचाल संघ जिल्ला अधिवेशनले पूर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौलाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
दिलकेशर थापा उपाध्यक्ष रहेको समितिले सचिवमा दिपक दंगाल र कोषाध्यक्षमा सुष्मा केसी निरौला निर्विरोध चयन गरेको हो ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनबाट विष्णु प्रसाद सिग्देल रविन निरौला र मान बहादुर मगर सदस्यमा निर्वाचित भएका छन् ।
त्यसैगरी ईलाम जिल्ला बुद्धिचाल संघको तारानिधि घिमिरे निर्वाचित भएका छन् । उपाध्यक्षमा गणेश घिमिरे सचिव श्याम सेम्वो र कोषाध्यक्षमा मनिषा लिम्बू चयन गरेका छन् भने सदस्यहरुमा आकाश लिम्बू, सरोज लिम्बू र निवता राई रहेका छन् ।
नेपाल बुद्धिचाल महासंघले आफ्ना ५५ जिल्ला संघलाई जेष्ठ ७ गते भित्र अधिवेशन गर्न परिपत्र गरेको छ । विधान अन्तर्गत कार्यकाल सम्पन्न भएका जिल्लाले समयावधिमा अधिवेशन गर्न नसकेका जिल्लाहरुमा तदर्थ समिति गठन गर्ने महासंघले जनाएको छ ।
पूर्व अध्यक्ष प्रकाश परियारको सभापतित्वमा र नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईको प्रमुख आतिथ्यतामा इलाम जिल्ला बुद्धिचाल संघको निर्वाचन सम्पन्न भएको थियो ।
