नेपालले थाइल्याण्डमा जारि आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीको पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

क्यानका अनुसार नेपाल र युएईबीचको खेल सोमबार हुनेछ । खेल नेपाली समयअनुसार विहान ८:१५ बजे शुरु हुनेछ । यसैगरी नेपालले दोस्रो खेल थाइल्याण्डसँग खेल्नेछ ।

शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर–थ्रीमा प्रवेश गरेको थियो । सुपर थ्रीमा सबैले एक अर्कासँग १ पटक खेल्नेछन् भने पहिलो चरणको अंक पनि जोडिनेछ । शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको छ ।

प्रतियोगितामा थाइल्याण्ड, कुवेत, भुटान, युएई, मलेसिया, कतार,नेपाल, हङकङ र बहराईन गरी कूल ९ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये समुह ‘ए’ बाट थाइल्याण्ड,समुह ‘बी’ बाट युएई र समहु ‘सी’बाट नेपालले सुपर थ्रीमा स्थान बनाएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *