नेपाली राष्ट्रिय क्रिकेट टोलीको टि-२० र एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता यथावत रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल दुवै फर्म्याटमा १८औं स्थानमा छ ।
नेपालले टि-२० मा १६५ तथा एकदिवसीयमा २८ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ ।
टि-२० वरियताको शीर्ष स्थानमा भारत कायम छ । यसैगरी अस्ट्रेलिया, इङ्ल्यान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका, पाकिस्तान, बंगलादेश र अफगानिस्तान दोस्रोदेखि १० औं स्थानमा छन् ।
एसोसिएट राष्ट्र स्कटल्यान्ड (१३), नेदरल्यान्ड (१४), युएई (१५), नामिबिया (१६) र अमेरिका (१७) टि-२० वरियातामा नेपालभन्दा अगाडि छन् ।
यता भारत एकदिवसीय वरियताको पनि शीर्ष स्थानमा छ । यसैगरी न्युजिल्यान्ड, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रिका, अफगानिस्तान, इङ्ल्यान्ड, वेस्ट इन्डिज र बंगलादेश दोस्रोदेखि १० औं स्थानमा छन् ।
एकदिवसीय वरियतामा नेपालभन्दा अगाडि रहेका एसोसिएट राष्ट्रमा स्कटल्यान्ड (१२), नेदरल्यान्ड्स (१४), अमेरिका (१५), ओमान (१६) र क्याडा (१७) छन् ।
