गुजरात टाइटन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो स्थानमा उक्लिएको छ ।
शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरबादलाई ३८ रनले हराउँदै गुजरात दोस्रो स्थानमा उक्लिएको हो ।
गुजरातले दिएको २२५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो ।
हैदराबादका लागि ओपनर अभिषेक शर्माले सार्वधिक ७४ रन उनले ४१ बलमा ६ छक्का र ४ चौका प्रहार गरे । अर्को ओपनर ट्रेभिस हेडले २० रन बनाए । यस्तै हेन्रिक क्लासनले २३, नितिश कुमार रेड्डीले २१, प्याट कमिन्सले १९ र इशान किसानले १३ रन बनाए ।
गुजरातका लागि मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान २ तथा इशान शर्मा र गेराल्ड कोट्जेले समान १ विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२४ रनको योगफल तयार पारेको थियो ।
गुजरातको जितमा ओपनरद्वय साइ सुदर्शन र शुभमन गिलले पहिलो विकेटको लागि ८७ रनको साझेदारी गरे । गिलले ३८ बलमा १० चौका र २ छक्कासहित ७६ रन बनाए । सुदर्शनले २३ बलमा ९ चौकासहित ४८ रन बनाएका हुन् । यस्तै जोस बटलरले ३७ बलमा ६४ रन बनाउँदा वासिङ्टन सुन्दरले २१ रनको योगदान दिए ।
हैदराबादका लागि जयदेव उनादकटले ३ तथा प्याट क्युमिन्स, जिशन अन्सारी र समान १ विकेट लिए ।
जितसँगै दोस्रो स्थानमा उक्लिएको गुजरातले १० खेलबाट १४ अंंक बनाएको छ । पराजित हैदराबाद समान खेलबाट ६ अंकसहित नवौं स्थानमा छ ।
