नेपाली धाविका सन्तोषी श्रेष्ठले अन्तर्राष्ट्रिय म्यारथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

सन्तोषीले आइतबार भएको लन्डन म्याराथनमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् ।

नयाँ कीर्तिमान बनाउने क्रममा उनले निर्धारित दुरि २ घण्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरिन् ।

सन्तोषीले दुई वर्षअघि बंगलादेशमा भएको बंगबन्धु म्याराथनमा निर्धारित दुरि २ घण्टा ४६ मिनेट २६ सेकेन्डमा पूरा गर्दै कीर्तिमान कायम गरेकी गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *