भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हुँदै छ ।
इडेन गार्डेन क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा पञ्जाव किंग्सले ८ खेलमा ५ जित र ३ हार बेहोरेको छ र १० अंकसहित पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै आइपिएलको डिफेन्डिङ च्याम्पियन कोलकाताले यस सिजनमा ८ खेलमा केवल ३ जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ । कोलकोता ६ अंकसहित सातौं स्थानमा रहेको छ ।
कोलकाता र पञ्जावबीच यसअघि भएको खेलमा पञ्जावले कोलकातालाई १६ रनले पराजित गरेको थियो ।
