मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपिएल) मा तेस्रो जित निकालेको छ । बिहिवार राति भएको खेलमा सनराइजर्स हैदरबादलाई ४ विकेटले हराउँदै मुम्बईले तेस्रो जित निकालेको हो ।
हैदरबादले दिएको १६३ रनको लक्ष्य मुम्बईले १८.१ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । मुम्बईका लागि विल ज्याक्सले ३६, रायन रिकेल्टनले ३१, कप्तान रोहित शर्मा र सुर्यकुमार यादवले समान २६ रन बनाए । हैदरबादका लागि प्यटा क्युमिन्सले ३, इशान मलिङ्गाले २ र राहुल चहरले १ विकेट लिए ।
त्यसअघि वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रनको योगफल तयार पारेको थियो ।
हैदराबादका लागि अभिषेक शर्माले ४०, हेनरिक क्लासनले ३७, ट्रभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत वर्माले अविजित १८ रन बनाए । मुम्बईका लागि विल ज्याक्सले २ तथा ट्रेन्ट बाउल्ट, जसप्रति बुमराह र हार्दिक पाण्ड्याले समान १ विकेट लिए ।
जितसँगै ७ खेलमा ६ अंक जोडेको मुम्बई अंकतालिकामा सातौं स्थानमा छ भने पराजित हैदराबाद समान खेलबाट ४ अंक मात्र जोडेको हैदरबाद नवौं स्थानमा छ ।
