सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गर्ने क्रममा आज पन्जाब किंग्सलाई ८ विकेटले हराएको छ ।

२ सय ४६ रनको लक्ष्य पछ्याएको हैदरावादले अभिषेक शर्माको सानदार शतकको मद्दतमा निर्धारित २० ओभरमा ९ बल अघि २ विकेट गुमाएर पूरा गर्यो ।

अभिषेक र ट्रेभिस हेडले पहिलो विकेटका लागि १ सय ७१ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । अभिषेकले ४० बलमा ११ चौका र ६ छक्कासहित आइपिएलमा आफ्नो पहिलो शतक पूरा गरेका थिए ।

५५ बल खेलेका अभिषेकले १४ चौथो र १० छक्कामा १ सय ४१ रनको योगदान गरे । उनी अर्शदीप सिंहको बलमा आउट भएका थिए ।

हेड ३७ बलमा ९ चौका ३ छक्कासहित ६६ रन बनाए । हर्निच क्लासन २१ र इसान किसन ९ रनमा नटआउट रहे ।

त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पन्जाबले पहिले ब्याटिङ गर्यो । २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४५ रनको ठूलो योगफल खडा गर्यो ।

कप्तान श्रेयस अयरले सानदार ब्याटिङ गरे । ३६ बल खेल्दै ६ चौका र ६ छक्का सहित सर्वाधिक ८२ रन बनाए ।

प्राभिसिमरन सिंहले ४२ रन जोडे । प्रियान्स आर्याले ३६ रन र नेहाल वादेराले २७ रन बनाए । यस्तै मार्कस स्टोनिस अविजित ३४ रनमा रहे । उनले मात्र ११ बल खेल्दै ४ छक्का र १ चौका प्रहार गरे ।

बलिङमा हर्ष पटेलले ४ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ४ विजेट लिए। इशान मालिङ्गाले २ विकेट झारे ।

पहिलो जित पछि हैदरावादले लगातार ४ खेल हारेको थियो । ६ खेलमा ४ अंकसहित हैदरावाद आठौं स्थानमा उक्लिएको छ । पन्जाब ५ खेलमा ६ अंकसहित छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *