महेन्द्रसिंह धोनीले फेरि एकपटक चेन्नई सुपर किंग्सको कप्तानी सम्हाल्ने भएका छन् ।

रुतुराज गायकवाडको कुहिनोमा चोट लागेका कारण उनी आईपीएल २०२५ को बाँकी खेलहरूबाट बाहिरिएका छन् । यो अप्रत्याशित चोटले चेन्नईलाई ठूलो झट्का दिएको छ ।

गायकवाडको अनुपस्थितिमा अनुभवी खेलाडी धोनीले फेरि नेतृत्व सम्हाल्ने निर्णय लिएको फ्रेन्चाइजले पुष्टि गरेको छ । यो निर्णयले चेन्नई समर्थकहरूलाई उत्साहित बनाएको छ, किनभने धोनीको नेतृत्वमा टिमले विगतमा अपूर्व सफलता हासिल गर्दै आएको छ ।

अब सबैको ध्यान धोनीको कप्तानीमा टीमको प्रदर्शन कस्तो हुन्छ भन्नेमा केन्द्रित हुने निश्चित छ । धोनीको अनुभव र नेतृत्व क्षमताले सीएसकेलाई पुनः उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *