हङकङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारमाथि ८ विकेटको सहज जित हासिल गरेको छ ।

कतारले दिएको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यसैगरी कप्तान रोहित पौडेल अविजित ३७, आसिफ शेखले ३३ र बसिर अहमद अविजित ३० रन बनाए ।

कतारका लागि दुवै विकेट मुजिब उर रेहमानले लिए ।

त्यसअघि मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५१ रनको योगफल तयार पारेको हो ।

कतारका लागि इक्रमउल्लाह खानले सार्वधिक ५४ रन बनाए । उनले ५४ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गरे । यसैगरी शहजाद जामिलले ३१, मुजिब उर रहमानले अविजित २०, मोहम्मद इर्शदले अविजित १८ र अरुमुगगणेश नागराजनले १३ रन बनाए ।

नेपालका लागि करण केसी, ललित राजवंशी, सोमपाल कामी, नन्दन यादव र गुलशन झाले समान १ विकेट लिए ।

भोली नेपालले कुवेतको सामना गर्नेछ । यस प्रतियोगितामा नेपालसहित कुवेत, कतार र हङकङ सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *