भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्सले तेस्रो जित निकालेको छ ।

मंगलबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई १८ रनले हराउँदै पञ्जाबले चार खेलमा तेस्रो जित निकालेको हो ।

पञ्जाबले दिएको २२० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो ।

डेभन कनवेले सर्वाधिक ६९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । उनी १८औं ओभरमा रिटायर्ड आउट भए । शिवम दुबेले ४२, रचिन रविन्द्रले ३६ तथा एमएस धोनीले २७ रन बनाए । 

पञ्जाबका लोकी फर्गुसनले २, यश ठाकुर र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए ।

त्यसअघि महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २१९ रनको योगफल तयार पारेको थियो ।

ओपनर प्रियान्श आर्याले शानदार शतक बनाएका थिए । ३९ बलमै शतक पूरा गरेका उनले बलमा ७ चौका र ९ छक्कासहित ४२ बलमा १०३ रन बनाए ।

शशांक सिंह ५२ रनमा अविजित रहे । पावरप्लेमै ३ विकेट गुमाएको भएपनि प्रियान्शले अर्कोतर्फबाट निरन्तर अट्याक गर्दै बाउन्ड्री प्रहार गरिरहे ।

८ ओभरमा ८३ रनमा ५ विकेट गुमेपनि त्यसपछि प्रियान्श र शशांक तथा शशांक र यानसेन मिलेर अर्धशतकीय साझेदारी गर्दै स्कोर २०० कटाए । यानसेन १९ बलमा ३४ रनमा नटआउट रहे ।

चेन्नईका लागि खालिद अहमद र रविचन्द्र आश्विनले समा २ विकेट लिए ।

जितसँगै ४ खेलमा ६ अंक जोडेको पञ्जाब अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ भने ५ खेलमा २ अंक मात्र रहेको चेन्नई नवौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *