काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको एमेच्योर टेनिस प्रतियोगितामा ध्रुव घले सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आयोजक मन्डिखाटार टेनिस कोर्टमा मंगलबार भएको खेलमा ६५ वर्ष माथिको उमेर समूहमा घलेले सेमिफाइनलमा स्थान बनाएका हुन् । उनले प्रेम थापालाई सहजै पराजित गरेका थिए । पहिलो सेट ६-३ ले आफ्नो पक्षमा पारेका घलेले दोस्रो सेट ६-१ ले जित्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

यसैगरी मंगलबार भएका अन्य खेलका विजेताहरु भने क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ३५ वर्ष माथिको प्रतिस्पर्धामा भिष्मजंग गुरुङले वाजी मार्दै क्वाटरफाइनलमा स्थान बनाएका हुन् । उनले ओमहरि प्रजापतिलाई ६-० र ६-१ को स्कोरमा पराजित गरे ।

यसैगरी कुमार तामाङले विशेष अमात्यलाई ६-१, ६-३ ले स्तब्ध बनाउँदा समुदीप कुमार लामाले प्रवेश पन्तलाई सुपर टाइब्रेकरमा पराजित गरे । उनले ६-७, ६-४ र १०-४ को स्कोरमा पराजित गरेका थिए ।

यसैगरी नविन श्रेष्ठले प्रवेश थापालाई ६-१ र ७-५को स्कोरमा पराजित गर्दा दीप जंगबहादुर राणाले वाकओभर पाएर क्वाटरफाइनल प्रवेश गरे । एलम दिक्षितले सुजन श्रेष्ठलाई ६-०, ६-० ले पराजित गरे ।

३५ वर्ष माथिको डबल्समा सिमान्त गुरुङ र भिष्म जंग गुरुङको जोडीले वाकओभर पायो । यस्तै, अर्को स्पर्धामा धरमसिंह लामिछाने र नविन श्रेष्ठको जोडीले धर्म शाही र दुर्गा केसीको जोडीले ६-४ र ६-२ को जितका साथ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

४५ वर्ष माथिको इभेन्टमा महेश श्रेष्ठले विभु कायस्थलाई ६-४, ६-०ले स्तब्ध बनाउँदै क्वाटरफाइनलमा स्थान बनाएका छन् । यही इभेन्टमा समदु कुमार लामाले नकुल थापालाई सुपर टाइब्रेकमा पराजित गरेका छन् । उनले ६-२, ७-६ र १०-६ को स्कोरमा स्तब्ध बनाए ।

यसैगरी यज्ञ भण्डारीले वाकओभर पाएर क्वाटरफाइनलमा स्थान बनाउँदा देव श्रेत्रीले गोपी भट्टराईलाई ६-२ र ६-० को स्कोरमा पराजित गरे । यस्तै, आशिष सिंग्देलले तमुनारायण श्रेष्ठर्ला ६-१, र ६-१ को स्कोरमा पराजित गर्दा आमित गुरुङले किरण नेपाललाई ६-० र ६-१ को स्कोरमा पराजित गरे । यसैगरी हेमराज ढकालले प्रताप मोक्तानलाई ६-३ र ६-३ को स्कोरमा पाखा लगाउँदा सूर्य गिरीले एमपी गिरीलाई ६-३ र ६-१ को स्कोरमा स्तब्ध बनाए ।

४५ वर्षमाथिको डबल्समा धर्म लामिछाने र गोपी भट्टराईको जोडीले वाकओभर पाएको थियो ।

५५ वर्ष माथिको डबल्समा सुनिल गुरुङ र नुवाङ लामाको जोडीले ठाकुर खनाल र अजय विष्टको जोडीलाई ६-३, ६-४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । यसैगरी, मनोज शाह र सञ्जीव कुमार श्रेष्ठको जोडीले प्रदीप शाह र निरञ्जन श्रेष्ठको जोडीलाई ६-१, ६-१ को स्कोरमा पराजित गर्न सफल भयो ।

यही समूहमा सागर केसी र राम राणाको जोडीले भगवान कोइराला र प्रकाश बोगटीको जोडीलाई ६-२, ६-२ ले स्तब्ध बनाउँदै क्वाटरफाइनलमा स्थान बनायो । इब्राहिम मुस्लिम र करिम मुस्लिमको जोडीले राजेन्द्र चापागाईं र गोपाल शाहीको जोडीलाई ६-१, ६-३ ले स्तब्ध बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *