आईपिएलमा आज दुई खेल हुँदै

२०८१, १६ चैत्र आईतवार ०७:४८

भारतमा जारी जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छन् ।

आज पहिलो खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच हुँदै छ । बिशाकापटनममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३ः ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा दिल्लीले आफ्नो पहिलो खेल जितेर दोस्रो खेल खेल्दै छ । दिल्लीले पहिलो खेलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको थियो ।

त्यस्तै सनराइजर्सले यो तेस्रो खेल खेल्दै छ । यसअघि खेलेको पहिलो खेलमा राजस्थान रोयल्सलाई पराजित गरेको सनराइजर्सले दोस्रो खेलमा लखनउसँग हार बेहोरेको थियो ।

त्यस्तै आज दोस्रो खेल राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबीच हुँदै छ । गुहाटीस्थित बर्सापरा क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजे देखि शुरु हुने छ ।

जारी आईपिएलमा राजस्थान रोयल्सले लगातार दुई खेलमा हार बेहोरेर जितको खोजीमा रहेको छ । राजस्थान पहिलो खेलमा सनराइजर्ससँग र दोस्रो खेलमा कोलकोतासँग हार बेहोरेको थियो ।

त्यस्तै चेन्नईले भने यस अघि खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ । चेन्नईले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा रोयल च्यालेन्जर्ससँग हार बेहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *