नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देशीय टी-२० सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

शनिबार क्यानले रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट सकिएसँगै क्यानले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

नेपाली टिममा पूर्वकप्तान सन्दीप लामिछाने र अनिलकुमार साहलाई बाहिर राखिएको छ भने पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका किरण ठगुन्ना, दिपेन्द्र रावत र रुपेश सिंहलाई प्रशिक्षणमा बोलाइएको छ ।

नेपालले चैत २७ गतेदेखि हङकङमा चार देशीय सिरिज खेल्दैछ सिरिजमा आयोजक हङकङसहित नेपाल, कतार र कुवेत रहेका छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, किरण ठगुन्ना, लोकेश बम, वसिर अहमद, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, अर्जुन घर्ती, कुशल मल्ल, रुपेश सिंह, दीपेन्द्र रावत, शहाब आलम र विवेक यादव रहेका छन ।

नेपालले अप्रिल ९ मा कतारसँग, अप्रिल १० मा कुवेतसँग, अप्रिल १२ मा हङकङसँग खेल्ने तालिका रहेको छ । त्यस्तै अप्रिल १३ मा तृतीय स्थान र फाइनल हुने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *