काठमाडौं । दोस्रो राष्ट्रिय जुनियर फुल-कन्ट्याक्ट कराँते च्याम्पियनसिपमा वाग्मती प्रदेश च्याम्पियन भएको छ ।

शनिबार सम्पन्न च्याम्पियनसिपमा ६ स्वर्ण पदक जित्दै च्याम्पियन भएको हो । ५ स्वर्ण जितेको कर्णाली प्रदेश उपविजेता हुँदा, ३ स्वर्ण जितेको मधेस प्रदेश तेस्रो भयो । पाको नेपाल क्योकुसिन कराँते डो-संघको आयोजनामा भएको दोस्रो राष्ट्रिय जुनियर फुल-कन्ट्याक्ट कराँते च्याम्पियनसिप भएको थियो ।

काठमाडौंको तिनकुनेस्थित गैरीगाँउको अन्नपूर्ण विनायक स्कूलको प्राङ्गणमा भएको प्रतियोगिता महिला पुरुष तर्फ १४ तौल समुहमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामाको च्याम्पियन टिमलाई नगद २५ हजार रुपैयाँ, उपविजेतालाई १५ हजार, तेस्रो टिमलाई १० हजार र चौथो हुनसफल टिमलाई ५ हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी च्याम्पियनसिपका अन्य विजयी खेलाडीहरूलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरियो ।

शनिबार सम्पन्न भएको प्रतियोगिताका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्‌की कार्यकारी सदस्य सुवर्ण श्रेष्ठ, नेपाली सिनेमा उद्योगका वरिष्ठ द्वन्द्व निर्देशक राजेन्द्र खड्की त्यसैगरी अन्नपूर्ण विनायक स्कुलका प्रिन्सिपल डा. विदुर पराजुलीले नगत सहित पुरस्कार वितरण गरेका थिए ।

२ दिने संचालन भएको प्रतियोगितामा काठमाडौंसहित बागमती, कोशी, मधेश र कर्णाली प्रदेश लगायत बाट महिला / पुरुष गरेर २ सय ६० जुनियर खेलाडीहरूको सहभागिता थियो ।

प्रतियोगिताका विजेता खेलाडीहरुले आगामी दिनमा हुने राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्ने पाको नेपाल क्योकुसिन कराते डो-संघकी नेपाल ब्रान्च चिफ सन्जु महर्जनले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *