एरिकालाई के वान युथ लिगमा रजत

२०८१, ९ फाल्गुन शुक्रबार ०८:५३

एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ बिहीवार के वान युथ लिगमा रजत पदक जितेकी छिन् ।

दुबईमा जारी लिगमा एरिकाले ६८ केजी माथिको तौलसमूहमा बिहीबार रजत जितेकी हुन् । एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन् ।

त्यसअघि पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, क्वाटरफाइनलमा काजाकास्तानको खेलाडीलाई ४-१ र सेमिफाइनलमा टर्कीकी खेलाडीलाई ५-२ ले पराजित गरेकी थिइन् ।

एरिकाले एसियन च्याम्पियनमा पनि रजत पदक जितिसकेकी छिन्। एसियाली खेलकुद र एसियन च्याम्पियनसिपमा रजत पदक जित्ने उनी एक्लो नेपाली खेलाडी हुन् ।

एरिकाको प्रशिक्षकमा अमिर राना छन् । फागुन ११ गतेसम्म हुने प्रतियोगितामा ८७ राष्ट्रका २ हजार ३ सय ८२ खेलाडीको सहभागिता रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *