काठमाडौं । नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) ले राष्ट्रिय खेलकुद परीषद (राखेप) का नवनियुक्त उपाध्यक्ष लगायत सदस्यहरुको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेको छ।
राजधानीको होटल रोयल ट्युलिपमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परीषदका उपाध्यक्ष धुर्व आचार्य लगायत बोर्ड सदस्यहरुलाइ सम्मान गरे ।
साथै सो कार्यक्रममा सन् २०२४ मा स्पेनमा भएको वर्ल्ड मोटर स्पोर्ट्स प्रतियोगितामा सहभागिता जनाएका खेलाडी एवम् अफिसियलहरुलाई समेत सम्मान गरिएको थियो। सम्मानित हुने खेलाडीहरुमा दिप्रश शाक्य, कृष्ण प्रसाद पौडेल र प्रज्ञा कडेल तथा अफिसियलहरुमा दशरथ रीसाल, यदुराज लामिछाने र टिकाराम यात्री छन् ।
सोही कार्यक्रममा नासा नेपालका सचिव एवम् विश्व मोटर स्पोर्ट्स प्रतियोगितामा दुई पटक सहभागिता जनाएका खेलाडी दिप्रश शाक्यले आफ्नो र्याली सवारी मोटर नासा नेपाललाइ हस्तान्तरण गरेका थिए ।
नासा नेपालका अध्यक्ष दशरथ रीसालको सभापतित्वमा भएको सो सम्मान कार्यक्रममा प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी राखेपका उपाध्यक्ष धुर्व आचार्य, पुर्व बोर्ड सदस्य गोबिन्द भट्टराई तथा नासा नेपालका उपाध्यक्ष अनिल कुमार बरालले नेपालमा मोटर स्पोर्ट्सको बढ्दो महत्व एवम लोकप्रियता र नासा नेपालको योगदान बारे प्रकाश गरेका थिए
कार्यक्रममा राखेपका विभिन्न बविभागिय प्रमुखहरु लगायत नेपालका खेलकुद एवम् मोटर स्पोर्ट्स क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
