विराटनगर । विराटनगरमा आयोजित महानगरस्तरीय कबड्डी प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ।

मदन भण्डारी स्पोट्र्स एकेडेमी विराटनगर कमिटीको आयोजनामा आज बिहीबार सम्पन्न प्रतियोगितामा वडा नम्बर १० लाई ४२-३९ अंकले पराजित गर्दै वडा नम्बर १४ ले उपाधि जितेको हो ।

प्रतियोगिताको विजेता र उपविजेता टिमलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, नेकपा एमालेका नेता सागर थापा, एकेडेमीका महानगर अध्यक्ष गोपाल झा लागयतले पुरस्कार वितरण गर्नुभयो ।

यस अघि आज नै दुई वटा सेमिफाइन खेल भएका थिए । पहिलो सेमिफाइलन खेलमा वडा नम्बर १४ ले ९ लाई ५४-२२ अंकले पराजित गरेको थियो । दोश्रो सेमिफाइलन खेलमा वडा नम्बर १० र १७ बिच प्रतिस्पर्धा भएको थियो । १० ले १७ लाई २७-२४ ले पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार रुपैयाँ, दोश्रो हुनेले नगद ३१ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरे तेश्रो हुने दुवै टिमलाई नगद ११ हजार रुपैयाँ पुरस्कार दिइएको एकेडेमीका सचिव हमिद आजादले बताए ।

यस्तै प्रतियोगिताको बेस्ट रेईडर घोषित हुँदै वडा नम्बर १४ का खेलाडी नेहाल यादबले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । बेस्ट डिफेन्डरको पुरस्कार भने वडा नम्बर १० का मुकेश मेहताले पाए । उनलाई पनि नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राई खेलकुदका लागि सबै खालका सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले कबड्डी प्रतियोगिता खाली भुईमा नभइ म्याटमा आयोजना गर्नु पर्ने भन्दै त्यसका लागि समेत सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै मदन भण्डारी स्पोट्र्स एकेडेमी कोशी प्रदेश कमिटीका संरक्षक सागर थापाले कबड्डी लगायतका रैथाने खेललाई प्रदेश सरकारले सहयोग गर्नु पर्ने बताए । उनले स्थानीय रुपमा आयोजना भएको प्रतियोगितालाई सहयोग गर्ने स्थानीय जनप्रतिनिधिहरुलाई समेत धन्यावाद व्यक्त गरे । कार्यक्रममा विराटनगर महानगरपालिकाका पूर्व उपमेयर भूराज राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *