काठमाडौं माभरिक्स पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) को फाईनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बुधबार सम्पन्न दोश्रो क्वालिफायर खेलमा विराटनगर ब्यान्डिट्सलाई ४८-२६ ले हराउँदै काठमाडौं फाइनलमा पुगेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो काठमाडौंले २३-१५ को अग्रता बनाएको थियो । काठमाडौंले अब उपाधिका लागि जनकपुर नाईट्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *