विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको हिसान मोरङ स्पोर्ट्स मिट अन्तर्गत मंगलबार भएको क्रिकेट खेलमा ग्रिनल्याण्ड कलेज विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै बास्केटबलको उपाधि विकेभिएम कलेजले जित्दा भलिबलको उपाधि कान्तिपुर कलेज र रेड स्टार कलेजले जित हात पारेको छ ।
वैजनाथपुर क्रिकेट मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा २ वर्षपछि हिसान खेलेको ग्रिनल्याण्ड कलेजले विकेभिएम कलेजलाई ५६ रनले पराजित गर्दै फानलमा प्रवेश गरेको छ । अब फाइनलमा ग्रिनल्याण्डले गत संस्करणको उपविजेता अरनिको कलेजसँग बुधबार प्रतिस्पर्धा गर्ने छ ।
टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १७ रन बनाएको थियो । ग्रिनल्याण्डका सन्जिव शर्माले ३६ रन बनाउँदा रजनिस यादवले २४ रन, गणेश यादवले २१ रन र कृष्ण सहनीले ११ रनको योगदान दिए। विकेभिएमका आकाश चौधरीले ३ विकेट लिँदा आदित्य प्रसाई पनि ३ विकेट लिए ।
जवाफमा १ सय १८ रनको चुनौती पाएको विकेभिएमले १५ होभरमा सवै विकेट गुमाई ६१ रनमा सिमित भयो। विकेभिएमका अमन शर्माले १४ रर जोड्दा सचिन्द्र यादवले १३ रन जोडे । ग्रिनल्याण्डका प्लेयर अफ म्याच गौरीशैकर माझीले ४ ओभरमा १६ रन दिएर ६ विकेट लिँदा फैजल अन्सारीले २ विकेट लिए ।

मंगलबार भएको बास्केटबलको फाइनल खेलमा विकेभिएम कलेजले शिक्षादिप कलेजलाई ३७-९ को अन्तरले पराजित गर्दै उपाधि जितेको छ । प्लेयर अफ फाइनल विकेभिएमका आकाश यादव घोषित भए ।
भलिबलको छात्रर्फको फाइनल खेलमा कान्तिपुर कलेजले रेड स्टार कलेजलाई २५-१४, २५-१४ र २५-९ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको छ । प्लेयर अफ फाइनल कान्तिपुरका सुदिप राई घोषित भए ।
त्यस्त छात्रातर्फको फाइनलमा रेडस्टार कलेजले मोडर्न एरा कलेजलाई २५-२३ र २५-२२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको छ । प्लेयर अफ द फाइनल रेड स्टारकी स्मृती राई घोषित भइन् ।
Photo: Rastriya Daily
