काठमाडौं । ज्ञान संस्कार २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा ज्ञान संस्कारले तेजस्वी एकेडेमीलाई ११–८ ले पराजित गर्यो । ज्ञान संस्कारकी डिनु वज्राचार्यले ७ अंक जोडिन् ।
सिनियर गर्ल्समै भ्याली पब्लिक ‘ए’ ले गोल्डेनपिकलाई ५०–४० तथा केभीकेएसएसले टीआईएलाई १४–१० ले पराजित गरे । भ्याली पब्लिककी सेलिना गुरुङले १५ तथा केभीकेएसएसकी खुशी लिम्बूले ६ स्कोर गरे ।
सिनियर गर्ल्सकै अन्य खेलमा न्युटनले सेबलाई २३–१९, डाफोडिलले वेदव्यास २१–१८ र ह्वाइटफिल्डलाई २४–२० र इबीएले भ्याली पब्लिक ‘बी’ लाई ३३–२९ ले हराए ।
जुनियर ब्वाइजमा स्कोलर्स होमले काठमाडौं जेभियर्सलाई १४–१० र भद्रकालीलाई १८–१४ तथा सेबले भ्याली पब्लिकलाई ३८–३४ ले पाखा लगाए । सिनियर ब्वाइजमा रिलायन्सले जेबी स्कुललाई ४३–३८ ले पन्छायो । रिलायन्सका मुनिफले १६ स्कोर गरे ।
