नेपालका विवेक शाही, मनीषा मगर, राधिका धामी र सन्ध्या श्रेष्ठले आठौं डब्लुजीकेएफ विश्व गोजुरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।
भारतको पुनेमा भइरहेको प्रतियोगितामा नेपालका पारस बडिलाले रजत, आशिका विकले कांस्य, जनक सार्कीले रजत, चेलिफुङ लिम्बूले कांस्य, अन्भी शाहीले रजत र कांस्य तथा वान्स श्रेष्ठले रजत हात पारेको प्रतियोगितामा निर्णायकका रुपमा सहभागी रवि शाहीले जनाएका छन् ।
