४६ औं चेस ओलम्पियाडमा पानामाले नेपाली पुरुष टिमलाई ३.५ – ०.५ स्कोरले पराजित गरेका छन् । नेपालले सम्पन्न पाँच चरणको खेलबाट ४ अंकमा सिमित हुँदै पदक लक्ष्य कमजोर बनाएका छन् ।

प्रतिस्पर्धामा पहिलो बोर्डमा २०९३ रेटेड सिएम पुरुषोत्तम सिलवालले २३४४ रेटेड आईएम रोबेर्टो कार्लोस सान्चेज अर्भारेज विरुद्ध पराजित भए । दोश्रो बोर्डमा २१५१ रेटेड एफएम रुपेश जैसवालले पानामाका २२०३ रेटेड एफएम एलेसिया तापिया ओस्तोलाजा सँग बराबर खेलेका छन् । तेस्रो बोर्डमा २०३८ रेटेड सिएम सुश्रुत दहाल २२८२ रेटेड आईएम जोर्ज लुईस बाउलेस रोड्रिगोयज सँग तथा चौथो बोर्डमा १९६७ रेटेड राजन सुवेदीले २१६२ रेटेड एफएम ईफ्रेन एन्ड्रेस रामोस एस्पिनोजा सँग हार व्यहोरे। महिला टोली जमैका सँग हारे ।

महिला विधामा नेपालले जमैका विरुद्ध प्रतिस्पर्धा गरेर ० – ४ स्कोरमा हार बेहोरेका छन् । महिला टोलीको पनि पाँचौं खेल पछि समान ४ अंकमा सिमित छन् । प्रतिस्पर्धाको पहिलो बोर्डमा एन्जल महर्जन १९४३ रेटेड डब्लूएफएमसँग, दोस्रो बोर्डमा कृतिसरा अधिकारी १९७४ रेटेड डब्लूआईएम रचेल मिलरसँग हार्न पुगेका छन् । यसै तेस्रो बोर्डमा पूजा भण्डारी १७४१ रेटेड डब्लूसिएम काजा गाईलेसँग तथा चौथो बोर्डमा निहाना श्रेष्ठ १८५७ रेटेड डब्लूसिएम ग्याब्रिएला वाट्सन विरुद्ध हार ब्यहोरे । अब नेपालले आगामी चरणमा सुधारिएको प्रदर्शन गर्दै पदक लक्ष्य पुन: प्राप्त गर्नु पर्नेछ ।

नेपाली पुरुष टिमले छैटौं चरणमा एन्टिगुवा एण्ड बर्मुदा सँग तथा महिला टिमले जिम्बाबे सँग प्रतिस्पर्धा गर्ने छन् । यसैबीच एस्पो सेन्टरमा दैनिक हुने सिमुलटानियस खेलमा प्रवक्ता राजु ताम्राकारले ईटालियन ग्रायण्ड मास्टर २४०२ रेटेड रोबर्टो मोग्रानजिन सँग बराबर खेल्दै पुरस्कार प्राप्त गरेका छन् ।

४६ औं चेस ओलम्पियाडमा फिडेले नेपालका लागि ५० चेस वोर्ड र १० डिजिटल वोर्ड प्रदान गर्ने तय भएको छ । महासंघका अध्यक्षको पहलमा नेपाल भित्रने महत्त्वपूर्ण डिजिटि खेल सामग्रीका लागि नेपाल सरकारले स्वीकृति प्रदान गर्नु पर्ने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *