काठमाडौं । हिमालयन १०० को तेस्रो संस्करणको यू–१५ खुला तथा महिला ब्लिट्ज चेस च्याम्पियनसिप–२०२६ मा हार्दिक पन्त र पूजा भण्डारी च्याम्पियन बनेका छन् ।
हिमालयन चेस एकेडेमी, थापाथलीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा यू–१५ खुलाको बोइजतर्फ हार्दिकले उपाधि जित्दा गल्र्सतर्फ पूजा विजेता बनिन् । गोल्डेनगेट कलेजमा सम्पन्न गल्र्सतर्फ पूजाले शतप्रतिशत अंकसहित उपाधि जित्दै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।
हिमालयन चेस एकेडेमीका निर्देशक यसिर खम्बूका अनुसार शतप्रतिशत अंक हासिल गर्ने खेलाडीलाई पुरस्कार स्वरूप एकेडेमीले नगद प्रदान गर्दै आएको छ । यू–१५ बोइजतर्फ शुलभ पन्थी दोस्रो, प्रबिर केसी तेस्रो, अरिज राई चौथो तथा सन्देश बरुवाल पाँचौं स्थानमा रहे । गल्र्सतर्फ सुप्रिया खत्री दोस्रो, कुसुम घिसिङ तेस्रो, प्रज्ञा पन्त चौथो तथा अदिति कायस्थ पाँचौं स्थानमा रहिन् ।
यू–१३ खुलाको बोइजतर्फ अविक रेग्मी प्रथम, स्वस्तिकमान तुलाधर द्वितीय र विवेककुमार साह तृतीय भए । सोही उमेर समूहको गल्र्सतर्फ नायुमा मगर प्रथम, सुहानी सिंह द्वितीय तथा सुन्निमा सिंह तृतीय भइन्। यू–११ बोइजतर्फ आयम सुवेदी प्रथम, रियान्शु पौडेल द्वितीय तथा सौर्यप्रताप सिंह कार्की तृतीय भए । गल्र्सतर्फ इभान्जेल मगर प्रथम, प्रशंसा चौधरी द्वितीय र विध्या ढुंगाना तृतीय स्थानमा रहिन् ।
त्यसैगरी, यू–९ बोइजतर्फ शुभंग प्रधान प्रथम, देभान्स बस्नेत द्वितीय तथा अभिमान सिंह बस्नेत तृतीय भए । गल्र्सतर्फ श्रीशा बल्ला प्रथम, साहस्रा क्षेत्री द्वितीय तथा काव्या अग्रवाल तृतीय भइन् । यू–७ समूहमा गल्र्सतर्फ रुत्भी सिंह प्रथम भइन् भने बोइजतर्फ विराज सर्दा प्रथम, आराम्भ श्रेष्ठ द्वितीय तथा बोधि शाक्य तृतीय भए। प्रतियोगितामा गल्र्सतर्फ ३९ र बोइजतर्फ ९१ गरी कुल १३० खेलाडीको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय चेस दिवसको अवसरमा आयोजित उक्त प्रतियोगिताले युवा खेलाडीको प्रतिभा अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने हिमालयन चेस एकेडेमीका निर्देशक खम्बूले विश्वास व्यक्त गरे ।
